Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

गायक तथा संगीतकार बजगाईंको संगीतमा ‘चिनी अमिलो’सार्वजनिक(भिडियो सहित)

Sunday, October 31, 2021 National Power

काठमाण्डौ – गायक तथा संगीतकार राजेन्द्र बजगाईंको संगीतमा लोक पप ‘चिनी अमिलो’ बोलको गीतको भिडियो युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

पछिल्लो समय हरेक विधाको गीतमा फिट भएका मुस्लिम गायक अलिफ खान र गायिका सुजाता केसीको स्वरमा रहेको ‘ चिनी अमिलो” बोलको गीतमा सुरुमा माया चिनी झैँ गुलियो र पछि पछि त्यहि माया अमिलो लाग्न थालेको गीतको शब्दमा पाईन्छ। राजेन्द्र बजगाईंको लय तथा संगीत संयोजन, सब्द लोक राज अधिकारी, मिक्स मास्टरीङ्ग स्याम स्वेत रसाईली, रेकर्डिस्ट किरण भान्जा, कोरस सुबास तिमिल्सिना, बासुरी गोपाल देभ, सारंगी हेमन्त कान्छा रसाईली, मादल खर्क बहादुर जेइरुको रहेको ‘ चिनी अमिलो” गीत प्रिस्म स्टुडियो बाट रेकर्ड भएको हो।

गीतको निर्देशन प्रकाश धितालले गर्नु भएको छ भने सुधिर श्रेष्ठ र गीता ढुंगानाको नृत्य रहेको म्युजिक भिडियोले दर्शक श्रोतको मन जित्ने बिस्वाश रहेको संगीत संयोजक राजेन्द्र बजगाईंले  बताउनु भएको छ।