Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

यो संसद असफल भइसक्यो : ओली

Thursday, October 28, 2021 National Power

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संसद असफल भएको बताएका छन् । मंगलबार नेकपा एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखको कारण संसद असफल भइरहेको बताए ।

‘एक जना मान्छे उठेर अवरोध गरें मैले भन्दा उहाँ दुई मिनेट नफर्की संसद स्थगित गर्नुहुन्छ । देशको ठूलो पार्टीले असन्तुष्टि विरोध जनाइरहेको छ । बेल घेरिरहेको छ । तर पनि कार्यक्रम चलाइरहनुहुन्छ । संसद यस्तो अवस्थामा छ,’ उनले भने ।

अध्यक्ष ओलीले आफूहरुले ल्याएको जनताको हित गर्ने बजेट संसदले फेरबदल गरिदिएको भन्दै आपत्ति जनाए । नागरिकता विधेयक तीन वर्षदेखि संसदमा रोकिएको तर नेपाली नागरिकको सन्तानले नागरिकता नपाउने अवस्था रहेको पनि अध्यक्ष ओलीले बताए ।