Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)

Friday, October 1, 2021 National Power

काठमाण्डौ – भर्खरै मात्र शिव परियारले गाएको गीत ‘माया बिक्ने भएछ’ निकै चर्चामा छ । उक्त गीत चर्चासँगै ट्रेण्डिङमा समेत १ नं. रहन सफल भएको छ । संगीत तर्फबाट गीत १ नं. ट्रेण्डिङमा परेको हो । गीतको भिडियोलाई १२ लाख ५६ हजार बढी दर्शकले हेरिसकेका छन् । उत्कृष्ट गीत भन्ने भावका कमेन्ट अत्याधिक छन् । विशेषतः गायक शिव परियार र कलाकार पुजा शर्मा र आकाश श्रेष्ठको उत्कृष्ट काम भनेर तारिफ गरिएको छ ।

गणेश अधिकारीको शब्द र नबिन कार्कीको संगीत रहेको गीतमा बिशाल निरौलाको एरेन्ज रहेको छ । लोकप्रिय कलाकारद्वय पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश धामलाले सम्पादन गरेका हुन् । भिडियोलाई गीतका एरेन्जर बिशाल निरौलाको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।