काठमाडौं – गीतकार डा. नवि अधिकारी (टाकिन्द्र) को शब्द र सन्तोष श्रेष्ठको स्वरमा सजिएको ‘खोजिरहेछ देशले एक युग नायक’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई देबेन्द्र नेवाले एरेन्ज गरेका हुन भने गायक सन्तोष श्रेष्ठकै संगित रहेको छ ।
काठमाडौंमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले उक्त भिडिओ सार्वजनिक गरेका हुन् । युवराज दाहालको अभिनय रहेको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । भिडियोलाई राजकुमार केसीले खिचेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोलाई गोल्डेन क्रियसन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।