Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

भकारीमा धान भन्दै आए गायक तथा संगीतकार कोइराला

Monday, September 27, 2021 National Power

काठमाडौं -गायक तथा संगीतकार सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘भकारीमा धान’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरोज कोइरालाकै शब्द तथा संगीत रहेको यस गीतको संगीत संयोजन भने पुरुषोत्तम सुवेदीले गरेका छन् ।
गायनको क्रममा आफूलाई पछिल्लो आशा लागेको गीतको रुपमा भाकारीमा धान लिएको गायक कोइरालाले बताए । शब्द, संगीत र गायनसँगै पछिल्लो समयको ट्रेन्डलाई पछ्याएको हुँदा यो गीतबाट आशावादी रहेको उनले बताए ।

यसै गीतबाट गायक कोइरालाले आफ्नी जीवन संगीनी सगुन कोइरालाई भिडियोमा डेब्यू गराएका छन् । विधान कार्कीको निर्देशन रहेको भिडियोमा उनले सुगनसँगै सुधिर श्रेष्ठलाई अभिनय गराए छन् । भिडियोको छायाँकन उत्सव दाहालको रहेको छ भने सम्पादन विकास दाहालले गरेका छन् ।
यस गीतको भिडियोलाई द डिभाइन म्युजिक युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।