Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

भकारीमा धान भन्दै आए गायक तथा संगीतकार कोइराला

Monday, September 27, 2021 National Power

काठमाडौं -गायक तथा संगीतकार सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘भकारीमा धान’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरोज कोइरालाकै शब्द तथा संगीत रहेको यस गीतको संगीत संयोजन भने पुरुषोत्तम सुवेदीले गरेका छन् ।
गायनको क्रममा आफूलाई पछिल्लो आशा लागेको गीतको रुपमा भाकारीमा धान लिएको गायक कोइरालाले बताए । शब्द, संगीत र गायनसँगै पछिल्लो समयको ट्रेन्डलाई पछ्याएको हुँदा यो गीतबाट आशावादी रहेको उनले बताए ।

यसै गीतबाट गायक कोइरालाले आफ्नी जीवन संगीनी सगुन कोइरालाई भिडियोमा डेब्यू गराएका छन् । विधान कार्कीको निर्देशन रहेको भिडियोमा उनले सुगनसँगै सुधिर श्रेष्ठलाई अभिनय गराए छन् । भिडियोको छायाँकन उत्सव दाहालको रहेको छ भने सम्पादन विकास दाहालले गरेका छन् ।
यस गीतको भिडियोलाई द डिभाइन म्युजिक युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।