Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

भोलिदेखि दसैंका लागि टिकट बुकिङ खुला

Sunday, September 26, 2021 National Power

काठमाण्डौ सरकारले भोलिदेखि दसैंका लागि काठमाडौं बाहिरका जिल्लामा घर जानेहरूका लागि टिकट बुकिङ खुला गरेको छ । काउन्टरमा गएर टिकट बुकिङ गर्दा यात्रीहरू ठगिने र बिचौलियाहरुले बढी भाडा असुल्ने गरेका कारण अनलाइनबाट टिकट बुकिङ गर्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।

आइतबार प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइनबाट बसको टिकट काट्नेलाई यातायात व्यवसायीले एक बोतल पिउने पानी सित्तैमा दिने प्रतिबद्धता जनाएको जानकारी गराए । उनले भोलिदेखि टिकट काउन्टरमा गएर दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ गर्न सकिने, अनलाईन टिकेटिङ र मोबाइल एप्लिकेशनको माध्यमबाट टिकट खरिद गर्न सकिने बताए ।

बैठकमा छलफलपछि विकास तथा प्रविधि समितिले स्वास्थ्य मापदण्ड पालना गरेर गाडि चलाउन, यात्रुले थाहा पाउने गरी ढोकामा भाडादर टाँस गर्न, भौतिक रुपमा लामबद्ध भएर टिकट काट्ने व्यवस्थालाई निरुत्साहित गर्न अनलाइनबाट टिकट खरिदको व्यवस्था गर्न र अनुगमनको कार्यलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।