Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नेपाल ब्यूटीसीयन एण्ड फेसन अवार्डमा टेकराजलाई बेस्ट मेक-अप आर्टिस्ट अफ दी ईयर

Sunday, September 26, 2021 Devil Singh Rajput

काठमाडौँ – नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि “नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड २०७८” सम्पन्न भएको छ । क्रियटिभ ईन्साइट मिडिया प्रालिको आयोजना तथा रोज सीप विकास तालिम केन्द्रको व्यवस्थापनमा उक्त अवार्ड सम्पन्न भएको हो । सुन्दरताको क्षेत्रमा योगदान पुर्‍याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य व्यवसायीहरुलाई समेट्दै अवार्ड सम्पन्न गरिएको रोज सीप विकास तालिम केन्द्रका अध्यक्ष तथा वरिष्ठ सौन्दर्यविद् सोनी कारंजितले जानकारी गराउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका उपाध्यक्ष वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र निर्देशक समाजकि कोषाध्यक्ष समुन्द्र भट्ट, बरिष्ट अभिनेता धिरेन शाक्य, वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ हास्य कलाकार उत्तम केसी, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, ईभेण्ट डाइरेक्टर निशु कान्त झा, पत्रकार डब्बु क्षेत्रि, अभिनेता प्रसान्त ताम्राकार, लागायतको उपस्थिती रहेको थियो ।

अहिले सौन्दर्यकला हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला व्यवसायलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याउन तथा पेशालाइ सम्मान गर्दै काम र व्यक्तित्वलाइ निखार्दै सौन्दर्यकला प्रतिको लगावलाइ व्यवस्थितगर्ने र पार्लर तथा कस्टमेटिक व्यवसायलाई उद्योगको रुपमा स्थापना गर्ने ध्येयले अवार्ड आयोजना गरिएको अवार्डका संस्थापक निर्देशक सुर्य चन्दले बताउनु भयो। अवार्ड समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो।

अवार्ड तथा सम्मानितहरु यस प्रकार छन् ।
– शर्मिला मुनिकर, वेष्ट ब्यूटी ट्रेनिङ सेन्टर अफ दि इयर (जस्मिन ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर)
– रिना अवाले, वेष्ट हेयर टेक्निसियन अफ दि इयर
– टेकराज पाण्डे, वेष्ट मेकअफ आर्टिष्ट अफ दि इयर लगायतले अवार्ड हात पार्नुभएको थियो ।

पाण्डे टिभी टुडे एचडीका अफिसियल मेकअप पार्टनर पनि हुनुहुन्छ ।