Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

चौथो पिम नेपाल चलचित्र महोत्सव २०२१ आयोजना हुँदै

Tuesday, September 21, 2021 National Power

काठमाण्डौ– पिम नेपाल चलचित्र महोत्सव २०२१ को लागि आवेदन खुल्ला गरिएको छ । यहि असोज १८ देखी २० गते सम्म काठमाण्डौमा आयोजना हुन गईरहेको फिल्म फेष्टिवलका लागि आवेदन दिने अन्तिम मिति तोकिएको छ । विभिन्न विधामा आवेदन फारम भर्न चाहाने स्रष्टाहरुले असोज १६ गते सम्म फारम भरिसक्नुपर्ने छ । नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो “पिम नेपाल फिल्म फेष्टिवल” ।
विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरुसंग सम्वन्धित रहेर सचेतना, जानकारी एवं प्रचारका लागी काम गर्ने फिल्म मेकर्सहरुलाई प्रोत्साहन गर्दै आईरहेको यस कार्यक्रमले यस पटकवाट स्थानिय स्तरमा वसेर भाषा, भेषभुषा र संस्कृति लागी काम गरेका फिल्म मेकर्सहरुलाई पनि समेट्ने उदेश्य लिएको छ ।

गत वर्ष प्रदेश नं ७ को राजधानी धनगढी रंगशालामा मिति २०७६ पौष २४, २५ र २६ सम्म आयोजना गरिएको थियो । ३ दिन सम्म संचालन गरिएको उक्त कार्यक्रमका चर्चित नेपाली गायक गायिका एवं अभिनेता अभिनेत्रीहरुको उपस्थिति समेत रहेको थियो । जसमा विशिष्ठि संगीतकार शम्भूजित बासकोटा, अभिनेत्री बसुन्धरा भुषाल, गायक यम बराल, रामचन्द्र काफ्ले, चक्र बम, तेजश रेग्मी, लोकनाथ सापकोटा, अभिनेता श्रीदेव भट्टराई, गोपाल ढकाल, संजीत भण्डारी, उद्धब भट्टराई, शेखर खनाल, भिष्मराज फुलारा,संचारकर्मी शान्तिप्रिय, लोकराज अधिकारी, गीता अधिकारी, राजन थापा, समिर लामा, गणेश सुवेदी, अरविन्द्र गौतम निर्देशक राजु अधिकारी , चलचित्रकर्मी ओम जैशीका साथमा स्थानिय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

महोत्सवमा नेपाली चलचित्र एवं विभिन्न भाषाभाषीका चलचित्रहरुतर्फ निर्देशक, लेखक, नायक/ नायिकाको लगायतको प्रतिष्प्रधा हुनेछ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार , सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिष्प्रधा हुनेछ जसमा निर्देशक, लेखक ,स्वरांकन, छाँयांकार लगायतका रहनेछन् । त्यस्तै लघु चलचित्र तर्फ निर्देशक र नायक ÷ नायिकाको प्रतिष्प्रधा हुने र विजेतालाई अवार्ड समेत प्रदान गरिने आयोजकले वताएको छ । आवेदनको अन्तिम मिति २०७८ असोज १५ गते सम्म तोकिएको छ ।