Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

Tuesday, September 21, 2021 National Power

काठमाण्डौ- परदेशमा गएका छोराछोरीले आमाबाबु र देशलाई नभुलुन भन्ने सन्देश सहितको “सबै कुरा भुल तिमी आमाबुवा कहीले नभुल”बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निर्माता निर्देशक तथा लोकप्रिय अभिनेता निर्मल शर्माको निर्देशनमा बनेको उक्त भिडियोमा वरिष्ठ अभिनेता चीज कुमार श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ भने सहनिर्देशन रजनी के.सि.को रहेको छ ।

गायक जे बि बिष्टको सुमधुर स्वरले सुसज्जित मर्मस्पर्शी सन्देशमुलक गीतमा स्वयमा गायक विष्टकै शब्द संगीतमा रहेको छ भने संगीत संयोजन किरण कडेँलको रहेको छ । काठमाण्डौको पर्यटकिय धार्मिक स्थल सांखुमा रहेको निकै नै रमणीय ठाउँ पालुबारिको ‘पालुबारि होम स्टे’लगायतका ठाउँहरुमा छाँयाकन भएको उकत भिडियोलाई निकै नै अनुभवी वरिष्ठ सिनेम्याटोग्राफर राजु के.सि.ले खिचेका हुन ।

समाजसेवी शंकर दुलालको विशेष सहयोगमा बनेको भिडियोमा सम्पादन गौतम राज खडका, मेकअप मुना नेपाली राई र फिल्ड सपोर्टमा सुमन कुमार श्रेष्ठ र कपिल कार्की रहेका छन । भिडियोलाई निर्माता निर्देशक अभिनेता निर्मल शर्माको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।