Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

क्योकुशिन–सेईसिन काईकान कराँते संघको २ नं. प्रदेश कमिटी गठन

Sunday, September 12, 2021 National Power

२ नं प्रदेशका विभिन्न जिल्लाबाट सहभागी प्रशिक्षक, खेलाडी तथा खेलप्रेमी व्यावसायी तथा समाजसेवीहरुको उपस्थिती रहेको उक्त भेलाको सर्वसम्मतिबाट खेलप्रेमी तथा समाजसेवी एम.डी.बरुद्धिन अन्सारीको अध्यक्षतामा ३३ सदस्यीय संघको २ नं.प्रदेश कार्यसमितिको गठन गरेको छ उक्त कार्यसमितिमा उपाध्यक्षमा क्रमशः अजय महतो धानुक, भरत गुप्ता, बिशाल कुमार, शक्ति अग्रवाल, बलराम मण्डल, हिरा चौरसिया, सचिवमा रबि पटेल, सहसचिवमा देवेन्द्र सहनी, कोषाध्यक्षमा यम कुमारी श्रेष्ठ, सहकोषाध्यक्षमा निरंजन चौधरी तथा सदस्यहरुमा समुन्द्र भट्ट, सुजित कुमार शाह, मिथिलेस महतो, ध्रुव क्षेत्री, साहिल श्रेष्ठ, बिशाल कुशवार, मनिष धामी, राहुल राउत, रवि किशन यादव, शिव कुमार रजक, ईकराम अलि अहमद, अलि हसन मिया मन्सुरी, गोविन्द सराफ, मन्जित बर्नवाल, सुरज यादव, राकेश पटेल, सजिता श्रेष्ठ, प्रिती सराफ, लालमुनी देवी, खु्शी पाण्डे, निशा मण्डल, अन्तिमा चौरसिया रहेका छ ।

प्रमुख प्रशिक्षकमा राजेश महतोलाई मनोनित गरिएको छ । त्यसैगरी उक्त कमिटीको सल्लाहकारहरुमा समाजसेवी तथा खेलप्रेमीहरु खुरम आलम, राजु गुप्ता, चन्दन गुप्ता, जावेद अलि, अजय भावव रहेका छन् । भने कानुनी सल्लाहकारमा अधिवक्ता निरज गुप्ता मनोनित भएका छन् ।

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको २ नं प्रदेश समितिमा मनोनित सम्पूर्ण पदाधिकारीहरु तथा सदस्यहरुलाई केन्द्रिय अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्धारा अबिरको टिका तथा महासचिव प्रविण बस्नेतले खदा ओढाएर बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य रामशरण राणा, ललितपुर जिल्ला अध्यक्ष हेराकाजि देशार, महोत्तरी अध्यक्ष देवेन्द्र सहनि, रुपन्देही अध्यक्ष गोविन्द राज जोशी, पर्सा अध्यक्ष रबि पटेल, बारा अध्यक्ष राजेश महतो लगायतको बाक्लो उपस्थिती रहेको थियो । – समय सान्दर्भिकबाट साभार