Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित

Monday, August 30, 2021 National Power

लिस्वन – राम प्रसाद सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित भएका छन । उनलाई नेपाली कांग्रेस केन्द्रीय तरुण विभागले शाखा प्रमुखमा मनोनित गरेको हो ।

तनहुँ घर भई हाल पोर्चुगलमा बस्दै आएका सापकोटालाई प्रवासमा लोकतन्त्रमा आस्था राख्ने तरुणहरुसँग समन्वय गरी संगठन र पार्टीलाई थप बलियो बनाउन शाखा प्रमुखमा मनोनित गरेको हो । तरुण विभाग प्रमुख समेत रहेका पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले सापकोटालाई एक पत्र पठाउँदै पार्टी र संगठनलाई आफ्नो स्थानबाट सहयोग पु¥याउन आग्रह गरेका छन ।

सापकोटा नेपाली जनसम्पर्क समिति पोर्चुगलका कार्य समिति सदस्य समेत हुन । उनले बन्दिपुरमा रहँदा पार्टीको सचिब भएर काम समेत गरिसकेका छन ।