Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित

Monday, August 30, 2021 National Power

लिस्वन – राम प्रसाद सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित भएका छन । उनलाई नेपाली कांग्रेस केन्द्रीय तरुण विभागले शाखा प्रमुखमा मनोनित गरेको हो ।

तनहुँ घर भई हाल पोर्चुगलमा बस्दै आएका सापकोटालाई प्रवासमा लोकतन्त्रमा आस्था राख्ने तरुणहरुसँग समन्वय गरी संगठन र पार्टीलाई थप बलियो बनाउन शाखा प्रमुखमा मनोनित गरेको हो । तरुण विभाग प्रमुख समेत रहेका पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले सापकोटालाई एक पत्र पठाउँदै पार्टी र संगठनलाई आफ्नो स्थानबाट सहयोग पु¥याउन आग्रह गरेका छन ।

सापकोटा नेपाली जनसम्पर्क समिति पोर्चुगलका कार्य समिति सदस्य समेत हुन । उनले बन्दिपुरमा रहँदा पार्टीको सचिब भएर काम समेत गरिसकेका छन ।