Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

मिस्टर एण्ड मिस एसईइ,२०२१ को उपाधी अनुपम र जेनिशाको हातमा

Wednesday, August 25, 2021 Devil Singh Rajput

काठमाडौँ — भाद्र ९, २०७८।

फेसन ईराको ब्यानरमा संचालन भएको मिष्टर एण्ड मिस एसईइ २०२१ को फाइनल प्रतिस्पर्धामा अनुपम न्यौपाने र जेनिशा तामाङ विजेताका रुपमा चयन भएका छन् । मिष्टर तर्फ उपाधि विजेता अनुपम ट्यालेन्ट विधामा पनि उत्कृष्ट ठहरिए भने मिसतर्फकी उपाधि विजेता जेनिशाले वेष्ट फिगर विधामा आफूलाई अब्बल देखाइन् । प्रतियोगितामा भिअर च्वाइस, वेष्ट वाक र पर्फमेन्स अफ द डे विधा सहित गोरे तामाङ पुरुषतर्फ फस्ट रनर अप भए भने ब्युटी विथ ब्रेन विधाको अवार्ड सहित एलिजा राउत महिलातर्फ फस्ट रनर अप बनिन् ।

प्रतियोगितामा एलिगेन्स र वेष्ट ड्रेसको अवार्ड सहित ईस्पा महर्जन तथा वेष्ट ड्रेस र मोस्ट पपुलर विधाको अवार्ड सहित सुवास बोहोरा सेकेन्ड रनर अप बन्न सफल भएका थिए । यसैगरी मोस्ट पपुलर र भिअर च्वाइस सहित जुना मोक्तान र मल्टिमिडिया अवार्ड सहित विशाल तामाङ अर्गनाइजर च्वाइस अवार्डको हकदार बनेका थिए । आर्शु महर्जनको कोरियोग्राफी अन्तर्गत संचालन भएको सो प्रतियोगिता ललितपुर बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको थियो ।