Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा संगीतकर्मी कन्हैया सिंह परियार

Tuesday, August 24, 2021 National Power

भर्जिनिया– गायक तथा संगीतकार कन्हैया सिंह परियार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अन्तर्गतको इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । भर्जिनियाको फेरफेक्सस्थित तन्दुरी पार्टी प्यालेस कार्यक्रमको हलमा करीब ढेड सय नेपाली कलाकारहरुको सहभागितामा सम्पन्न इनास अमेरिकाको तेश्रो अधिवेशनले गायक संगीतकार कन्हैया सिंह परियारलाई केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अमेरिकाको केन्द्रिय कार्य समितिमा कन्हैया सिंह परियारको अध्यक्षतामा १७ सदस्य कार्य समिति गठन भएको छ ।

त्यस्तै इनासको भर्जिनिया राज्य कार्य समितिमा राहुल केसीको अधक्ष्यतामा २० सदस्य कार्य समितिको गठन भएको छ भने मेरिलेण्ड राज्य कार्य समितिमा सृजन ताम्राकारको अध्यक्षतामा ३३ सदस्य कार्य समिति गठन भएको छ ।

यसैगरी पेन्सलभेनिया राज्य कार्य समितिमा विकाश घले गुरुङको अध्यक्षतामा ९ सदस्य कार्य समितिको गठन भएको छ भने केन्टकी राज्यको कार्य समितिमा अर्जुन थापाको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति लगायतको गठन भएको छ ।समारोहमा नयाँ कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराएर जिम्मेवारी सुम्पिइएको थियो ।इनास विश्वका ७० राष्ट्रहरुमा स्थापना भएको नेपाल बाहिर रहेका नेपाली कलाकरहरुको वृहत संस्था हो ।इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामाको सभापतित्वमा रमेश मैनालीद्वारा सञ्चालन गरिएको कार्यक्रमले संगीतकर्मी परियारलाई उक्त जिम्मेवारी सुम्पिएको हो ।

उक्त कार्यक्रम इनास ग्लोबलका उपाध्यक्ष साबु गदाल कार्कीको प्रमुख आतिथ्य सम्पन्न भएको हो । कार्यक्रममा विशेष अथितीको रुपमा बानाका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त, निवर्तमान नेपाल प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल, इनास ग्लोबलका सचिव हरी शर्मा रहनु भएको थियो । समारोहमा उहाँहरुसहित अभिनेत्री अरुणिमा लम्साल, अभिनेता मुकेश ढकाल, चरित्र अभिनेता राजु बजाज, गायक मधु छेत्री, गायक वसन्त खड्कालाई खादा लगाएर सम्मान गरिएको थियो ।

समारोहमा साहित्यतर्फ कवयित्री तारा पराजुली, पत्रकार सतिश चापागाईं, खेलतर्फ तेक्वान्दो सातौं राजकुमार थापा, कृष्ण बलाल, मिस नेपाल नर्थ अमेरिका-२०२१ मा मिस पपुलर च्वाइस अवार्ड विजेता नगमा गुरुङ, सामाजिक अभियन्ता सुवोध पन्त, चलचित्र निर्देशक केपी पाठक, कलाकार शिवहरी पौडेल तथा एनआरएनका पूर्व खेलकुद संयोजक चन्द्र लामालाई इनास अमेरिकाले सम्मान गरेको थियो ।

यस्तो छ इनास अमेरिका अन्तर्गत बनेका केन्द्रिय तथा राज्य स्तरीय कार्यसमिति