Sunday 27th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

‘मिस्टर एण्ड मिस राइजिङ्ग मेगा मोडल –२०२१’ को आयोजना हुँदै

Sunday, August 22, 2021 Devil Singh Rajput

एकेज इभेन्ट एण्ड इन्टरटेनमेन्ट कम्पनीले  ‘मिस्टर एण्ड मिस राइजिङ्ग मेगा मोडल – २०२१’को आयोजना गर्ने भएको छ ।  प्रतियोगितामा १५ देखि २६ वर्ष उमेरका युवायुवतीले भागलिन पाउने छन् । त्यसका लागि उनीहरूले एक हजार रुपैयाँ सहित आवेदन फारम भर्नु पर्ने छ ।  प्रतिस्पर्धीको आत्मविश्वास, शैक्षिक अभिवृद्धि तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो । काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियाेगिताकाे देश व्यापी अडिसन मिति छिटै घाेषाणा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) आयुष के. सिंहले जानकारी दिए ।  उक्त कम्पनीले यसअघि पनि  ‘नेपाल वेस्ट रनवे मोडल २०२०’ को आयोजना गरी सकेको छ । प्रतियोगितामा विजेता बन्नेले नगद सहित स्कुटर/बाइक पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता छिटै नै आयोजना गरिने आयोजक टिमले जनाएको छ ।