Friday 21st January 2022

    फेवातालमा तैरीरहेको अबस्थामा भेटीए विदेशी नागरीक    दलका धेरै नेतामा कोरोना संक्रमण    सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ पुग्यो    राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य    राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

भारतीय युथ स्पोर्ट्स काउन्सिलद्वारा पोल बल हस्तान्तरण

Monday, August 16, 2021 National Power

काठमाडौं –  भारतीय स्पोर्ट्स काउन्सिलले गोर्खा पोलब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण गरेको छ । युथ स्पोर्ट्स क्लब इन्डियाको सहयोगार्थमा शनिबार गोर्खा पोलब्रेकर्स संघलाई पोल बल हस्तान्तरण गरिएको हो । भारतीय युथ स्पोर्ट्स काउन्सिलका अध्यक्ष दीपक कडारियाले गोर्खा पोलब्रेकर्स संघका संस्थापक अध्यक्ष उद्धवनारायण श्रेष्ठलाई ५ सय बल हस्तान्तरण गरेका थिए ।

वीरहरुको देश नेपालमा जन्मिएको व्यक्तिसँग जोडिन पाउँदा निकै खुसी लागेको र त्यसमा पनि सहयोग गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको भारतीय युथ काउन्सिलका अध्यक्ष कडारियाले बताए । अहिले पोलब्रेकर्स खेल नेपाल, भारत, भुटान, कतार र अमेरिकामा गरी पाँच देश पुगेको नेपाल पोलब्रेकर्स संघका अध्यक्ष श्रेष्ठले बताए ।

बिस्तारै यो नेपाली खेल विश्वभर फैलिएर नेपाल र नेपालीको नाम विश्वभर चम्किने अध्यक्ष श्रेष्ठको विश्वास छ । ‘अर्को वर्ष कोरोना महामारी कम भयो भने दक्षिण एसियाली राष्ट्रबीच पोलब्रेक प्रतियोगिताको आयोजना गर्ने तयारी गर्छौं,’ संघका अध्यक्ष श्रेष्ठले भने ।