Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टा भव्य रुपमा सम्पन्न

Sunday, August 15, 2021 National Power

काठमाण्डौ – पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टा –२०२१को अवार्ड कार्यक्रम सम्पन्नभएको छ । छायाँछबि क्रियशनको आयोजनामानियमित सम्पन्नहुँदै आइरहेको काठमाण्डौ सर्ट फिल्म फेस्टा कोरोना महामारीका कारण केहि पछि आयेजना गर्न सकिएको र कोरोनाका कारण सानो स्तरमा आयोजना गर्न परेको आयोजक संस्था छायाँछबिले जनाएको छ ।
पाँचौ काठमाण्डु सर्ट फिल्म फेस्टा आयोजित समारोहमाचलचित्रविकाशबोर्डका अध्यक्षदयारामदमहालप्रमुखअतिथि थिए । प्रमुखअतिथिको आसनबाट बोल्दै दाहालले चलचित्रउद्योगको वर्तमानअवस्था र चलचित्रको बिकासमा अब के गर्नु पर्छ भन्ने विषयमाबोले । यस्तै समारोहमावरिष्ठ चलचित्र लेखक÷निर्देशकएवं नेपालचलचित्रकलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेताधिरेन शाक्यएवं अवार्ड जुरी संयोजकऋषि लामिछाने विशिष्ट अतिथिका रुपमाथिए ।
समारोहमाआयोजक संस्था छायाँछबि क्रियशनकाअध्यक्षशान्तिप्रियले स्वागत राख्दै सर्ट mिल्म फेस्टा तथाफिल्मीखबर सबिन स्मृति रंग पत्रकारिता पुरस्कारका बारेमा प्रस्ट्याएकाथिए । कोरोना महामारीका कारण कार्यक्रम ढिलो आयोजना गर्नुपरेको बताए । पाँचौ पटक आयोजना गरिएको सर्ट फिल्म फेस्टा विगत देखि हरेक दुइ÷दुई वर्षमा आयोजनाहुँदै आएकोमा आगामीदिनमा हरेक वर्ष प्रदान गरिने पनिजानकारी गराए ।समारोहमाप्रविशाप्रकाशनप्रा.लिकाअध्यक्ष बरिष्ठ चलचित्रकर्मी एवम् राप्रपाका नेताप्रदिपकुमार उदयले गरेका थिए । उदयले वर्तमान कोरोना कहर र चलचित्रउद्योगकाबारेमा मन्तब्य राखेका थिए ।
पाँचौं काठमाडौं सर्ट फिल्म फेष्टामा सहभागी सर्ट फिल्मतथा डकुमेन्ट्री मध्ये अवार्डेड चलचित्रकर्मीलाई सो समारोहमा अवार्ड प्रदान गरिएको थियो । नवराज बु्ढाथोकीनिर्देशितहाउस हजवेण्डले इन्करेजमेण्ट अवार्ड, लक्ष्मण सुबेदीनिर्देशित मेहन्दीको रङ्गलाई बेष्ट कन्सेप्ट स्कृप्टको अवार्ड दिपेन्द्र लामानिर्देशित सावधानलाई पब्लिकच्वाइस अवार्ड, सरोज खनालनिर्देशितबिहानीमै अस्ताएको सूर्यलाई जुरी अवार्ड, कल्याण अधिकारीलाई सर्ट फिल्मनिर्देशकको अवार्ड, पुरन जोशीनिर्देशितमह्ःपुजालाई उत्कृष्ट डकुमेण्ट्री एवम् अभिनवश्रेष्ठ निर्देशित स्वीट सिक्सटिनलाई उत्कृष्ट सर्ट फिल्म अवार्ड प्रदान गरिएको थियो ।
यसै समारोहमा बरिष्ठ रंग पत्रकार सविनशाक्यको स्मृतिमा स्थापितएवम् फिल्मीपत्रिकाफिल्मीखबरको नाममा स्थापना गरिएको फिल्मीखबर–सविन स्मृति रंग पत्रिकारिता पुरस्कार समेत प्रदान गरियो । १० हजार १० रुपैयाँ सहितको यो पुरस्कारमा विगत डेढ दशक देखि रंग पत्रकारितामा संलग्न रही समग्र चलचित्र, संगीतएवम् यस क्षेत्रको विकास योगदान पु¥याएवापत सुमन बैरागीलाई यो पुरस्कार प्रदान गरिएको थियो । सुमन वैरागीम्युजिकखबर डटकमसँग आवद्ध छन् ।
समारोहमा सर्ट फिल्म फेष्टाका जुरीहरु प्रवण भुषाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल एवम् जुरी संयोजकऋषी लामिछानेलाई प्रमाण पत्रप्रदान गरियो ।कार्यक्रमको सञ्चालन समिर लामाले गरेका थिए ।