Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

अलिफ, सरितासँग डब्बुले ल्याए असारै मास

Sunday, August 15, 2021 National Power

काठमाडौं- गीतकार डब्बु क्षत्री झरी सम्बन्धि नयाँ गीत असारै मास।।।९झरी० लिएर आएका छन् । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ । ७ वर्ष अघि झरी सम्बन्धि गीति संग्रह झरी ल्याएका गीतकार डब्बु क्षत्रीको यो झरीको नयाँ सृँखला हो ।
भोगटे गीतबाट हिट भएका गायक अलिफ खान र गायिका सरिता भारतीले यो नयाँ गीत असारै मात्र।।।लाई गायका छन् । अलिफ खान पछिल्लो पुस्ताका रुचाईएका लोक गायक हुन् । सरिता र अफिलले लुडो र तास गीत पछि दोश्रो पटक यो गीतमा सँगै काम गरेका हुन् । गीत निकै राम्रो बनेको गायक अलिफको भनाई छ ।
यो गीतमा युवा सँगीतकार तथा सँगीत संयोजक राजेन्द्र बजगाईंको संगीत रहेको छ । यो गीतको सँगीत सँयोजन पनि राजेन्द्रले नै गरेका छन् । यसको सँगीत कर्णप्रिय बनेको छ । मनोज परियारलाई यो गीतलाई मिक्सिङ गरेका हुन् ।
यो गीतको भिडियोमा अभिनेता प्रदीप बास्तोल र गायिका सरिता भारतीले मोडलिङ गरेका छन् । यो लोक भाकाको गीतमा प्रदीप र सरिताको नृत्य एवम् अभिनय आकर्षका छ । आफुहरुले दर्शकबाट राम्रो प्रतिक्रिया अहिले भिडियोबाट पाईरहेको अभिनेता प्रदीपले बताए । यसपटक आफुले यो गीतको भिडियोमा बिगतको भन्दा केही राम्रो नृत्य गरेको सरिताको भनाई छ ।
भिडियोलाई गीतकार डब्बु क्षत्री आफैंले निर्देशन गरेका हुन् । यस अघि वर्षात ऋतु तथा झरी सम्बन्धि आठ वटा ७ वटा गीत ल्याईसकेका क्षत्रीको यो आठौं झरी गीत हो । उनका अर्को पनि झरी गीत तयार छ । गीतको भिडियोलाई अग्रज नृत्य निर्देशक सुवास बुढाथोकीले कोरियोग्राफी गरेका हुन् । टंक केसीको छायाँकन रहेको यो गीतलाई सम्पादक सुरेश कुमार राउतले सम्पादन गरेका हुन् । जसमा दिलमायाँ मगरको ड्रेस डिजाईन, शोभा श्रेष्ठको सृँगार छ ।