Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

दिपा श्री र रजनीको मौलिकता झल्काउने तीज गीत ‘दिदिबहिनी’ सार्वजनिक

Friday, August 13, 2021 National Power

काठमाण्डौ -पछील्लो समय छक्का पञ्जा सिरिजको चलचित्रबाट नाम र दाम कमाएकी अभिनेत्री दिपा श्री निरौलाको अभिनय तथा निर्देशन रहेको मौलिकता झल्काउने तीज गीत ‘दिदीबहिनी’ सार्वजनिक भएको छ ।

आज भोली पहिलेको जस्तो तीज गीतहारु आउनै छाडे, तीज भनेको नारीहरुको महान चाड हो, यसले देशको संस्कृति, नारीहरुको सभ्यता झलकाउंछ । तर आज भोली त्यस्तो गीतहरु कमै मात्र बन्ने गरेको छ, अभिनेत्री दिपा श्रीले तेजनेपाललाई बताईन । हामीहरुले यस्पाली भने तीजको मौलिकता झल्काउने भिडियो बनाउने कोशीस गरेका छौं जसलाई दर्शकहरुले मनपराईदिनु हुन्छ भन्ने आशा रहेको कुरा पनि निर्देशक निरौलाले थपिन ।

भिडियोमा दिदीको रुपमा स्वयम अभिनेत्री दिपा श्री देखा परेकि छिन भने उनलाई बहिनी बनेर नायिका रजनी के सिले साथ दिएकी छिन । त्यस्तै अभिनेता निर्मल शर्मा ‘गैंडा’, गजित विष्ट, सुमा गिरी भान्जा, कमला लामिछाने लगायतको पनि अभिनय देख्न सकिन्छ । भिडियोलाई सह निर्देशन निर्मल शर्माले गरेका हुन भने वरिष्ठ छांयाकार राजु के सिको छांयाकन, गजित विष्टको कोरियोग्राफी, सँगम विष्टको सह कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

शान्ति श्री परियार, लक्ष्मी मल्ल र श्री कृष्ण बम मल्लको स्वरले सुसज्जित गीतमा स्वयम गायक मल्लकै शब्द संगीत रहेको छ भने संगीत संयोजन योगेश काजीको रहेको छ । भिडियोलाई म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।