Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सबै जिल्लाका सभापतिहरुको तर्फबाट आज जारी संयुक्त विज्ञप्ति

Friday, August 6, 2021 National Power

यस्तो छ विज्ञप्ति हेर्नुस् 

नेपाली कांग्रेसको ७५ बर्षे जीवनकालमा पार्टी महाधिवेशनको बिषयलाई लिएर अहिलेजति हिनतावोध कहिल्यै भएको थिएन। केन्द्रीय समिति आफैंले घोषणा गरेको महाधिवेशनको कार्यतालिका स्थगित गरिएकोपनि पाँचौंपटक भैसक्यो। न अर्को मिति तोकिएको छ, न वैधानिकता बचाउने कुनै प्रष्ट विकल्प सार्वजनिक गरिएको छ।जताततै फैलिएको कोभिड-संक्रमण, बाढी-पैह्रो जस्ता विपद एवं कठिनाईका बाबजुद अधिवेशनको तयारीमा जुटेका स्थानीय साथीहरु अधिवेशन कहिले हुन्छ, कुन विधिबाट हुन्छ, पालिकास्तरको निर्वाचनमा मतदाता को को हुन्छन, निर्वाचन निर्देशिका कहिले आउँछ, वडादेखि जनसंख्याको आधारमा हुने समानुपातिक समावेशीको प्रतिनिधित्व संख्या के कसरी हुन्छ भनेर प्रश्न सोध्दा-सोध्दा थाकिसक्नुभो तर हामी आजसम्मपनि यी यावत सवालहरुमा नाजवाफ रहनुपरेको छ। आखिर केन्द्रीय नेतृत्वबाट यतिसम्म असंवेदनशीलतारुपी मौनता किन ? त्यसमाथि, महाधिवेशनको मूल आधारको रुपमा रहेको क्रियाशील सदस्यता सूची निर्धारणको क्रममा देखिएका गंभीर अनियमितता, मापदण्ड विपरीतका चलखेल र अपारदर्शी गतिविधिले संगठनको जगमा क्रियाशील साथीहरुको मन-मुटु कुँडिएको छ र महाधिवेशनको निष्पक्षतामाथि नै संशय पैदा गरेको कुरा नेतृत्वतहले बेलैमा बुझ्न जरुरी छ।

क्रियाशील सदस्यता छानवीन सम्वन्धमा केन्द्रीय समितिले निर्धारण गरेका मापदण्डहरु केवल “देखाउने दाँत” भएका छन। केन्द्रीय क्रियाशील सदस्यता छानवीन समिति स्वयंले माग गरेअनुसार प्राप्त गुनासा वा उजुरीहरुको समेत संवोधन भएको छैन। अन्य पार्टीबाट समायोजन भएकाहरुको नाममा अन्धाधुन्ध क्रियाशील सदस्यता फाराम पठाउने र खास जिल्ला, क्षेत्र, पालिका वा वडामा खासखास व्यक्तिलाई लाभ वा हानी गराउने किसिमको योजनावध्द खेल अहिलेपनि जारी छ। शतप्रतिशतभन्दा बढी थपिएका नामहरु अझै हटाइएको छैन।एकातिर वडा भेलाको निर्णयसहित वडा कार्यसमितिबाट सिफारिश भएका नामहरु अझै ईन्ट्री गरिएको छैन भने अर्कोतर्फ वडा तहबाट सिफारिश नभएका नामसमेत थपिएका छन। धर्ना, अनसनका जायज मागहरुमाथि सुनुवाई भएको छैन। छानवीन समिति स्वयं कन्भिन्स्ड भई तोक लगाएका नामावली समेत ईन्ट्री भएका छैनन। मापदण्डमाथि व्यक्ति-व्यक्तिको नियत हावी भएको छ। केन्द्रीय क्रियाशील सदस्यता छानवीन समितिले प्रतिवेदन पेश गर्नुपूर्व सम्पूर्ण सदस्यता सूची सार्वजनिक नगरेबाट पनि यसले गरेका कामकार्वाही माथि नै छानवीन गर्नुपर्ने गंभीर आशंका उत्पन्न भएको छ।

हामी सम्पूर्ण जिल्ला सभापतिहरु केन्द्रीय सफ्टवेयर प्रणाली भित्र ईन्ट्री गरिएका क्रियाशील सदस्यता नामावली तत्काल सार्वजनिक गर्न र सो सूची अध्ययन गरी यथोचित राय प्रस्तुतिका लागि संक्षिप्त मौक़ा प्रदान गर्नहुन हार्दिक अनुरोध गर्दछौं । नामावली हेर्न तथा गंभीर त्रुटी सच्याउने न्यूनतम अवसर समेत नदिई जवर्जस्ति अघि बढ्न खोजिएमा यसले गंभीर समस्या निम्त्याउनेतर्फ नेतृत्ववर्गलाई बेलैमा सचेत गराउन चाहन्छौं।

पार्टी भित्रका सबै सदस्यहरुलाई महाधिवेशनबारे आश्वस्त पार्ने, न्याय दिने सबैभन्दा ठूलो जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वका हिसावले पार्टी सभापति कै हो। नेपाली कांग्रेसको सैध्दान्तिक निष्ठा र प्रतिवध्दताको रुपमा रहेको ‘लोकतन्त्र’को उदार आन्तरिक अभ्यास, आफ्नै नेतृत्वमा जारी तथा भर्खरै ठूलो संभावित दुर्घटनाबाट जोगाएर ट्र्याकमा ल्याइएको ‘संविधान’को रक्षा र जनआकांक्षा अनुरुप काम गरी निकट भविष्यमा हुने तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउनुपर्ने ऐतिहासिक दायित्व पनि यतिखेर सम्माननीय सभापति कै काँधमा छ। यसका लागि सर्वप्रथमत: आफ्नै पार्टीलाई सशक्त, मजवुत र एकतावध्द बनाउन अत्यावश्यक छ।

मुलुकको संविधान र आफ्नो विधानको परिधीभित्र रहेर १४ औं महाधिवेशनका सन्दर्भमा अब कत्तिपनि ढिला नगरी उपयुक्त निकास निकाल्न जरुरी छ। यसका लागि नेताहरु बिच पारस्परिक सम्मान, खुला संवाद र हार्दिकतासहितको अभूतपूर्व एकता अहिलेको अनिवार्य आवश्यकता रहेकोतर्फ नेतृत्ववर्गको पुन: ध्यानाकर्षण गराउन चाहन्छौं ।