Wednesday 27th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

वडाअध्यक्षको घरमा कुपन कार्यकर्ताको पाखुरामा कोरोनाको भ्याक्सिन

Wednesday, August 4, 2021 National Power

बनेपा- बनेपा नगरपालिका बडा नं ८ का बडाअध्यक्ष दानबहादुर मानन्धरको घरमा बनेको कुपन बाँडेर भटाभट कांग्रेसका कार्यकर्ताले कोरोनाको भ्याक्सिन लगाउन थालेपछि बनेपा खोप केन्द्र लायकुमा हंगामा भएको छ ।
५० बर्ष उमेर समुहभन्दा माथिका नागरिकलाई खोप लगाउने सूचना पाएर व्यवस्थित ढंगले लाइनमा बसेका बनेपालीले कोरोनाको खोप लगाउन नपाउने भएपछि एकैछिन खोप केन्द्रमै प्रहरी समेत आउने अवस्था सृजना भएको थियो ।
घरमा कुपन बनाएर खोपका लागि बाड्ने योजनाको बारेमा बडा सदस्यलाई खबर समेत गरिएको थिएन । एक बडा सदस्यले आफूलाई त्यस बारेमा केही थाहा नभएको बताए ।
बडाअध्यक्षले भने घरमा कुपन बनाएर आफ्ना कार्यकर्तालाई मात्रै लगाउन लगाएको भन्दै सामाजिक संञ्जालमा समेत त्यसको विरोध गरिएको छ ।
बनेपामै मेयरले आफ्ना कार्यकर्तालाई मात्रै खोप लगाएकोे भनेर नेपाली कांग्रेस निकट विद्यार्थी र कार्यकर्ताले विरोध जनाएपनि आफ्नो पार्टीको वडाअध्यक्षले काग्रेसका कार्यकर्तालाई मात्रै खोप लगाएपनि कसैले विरोध गरेका छैनन् ।
खोप केन्द्रमा समानुपातिक रुपमा खोप नलगाएकाले गुनासो आएर प्रहरी आउनु पर्ने वातावरण सृजना हुनु पक्कै पनि राम्रो नरहेको वडाअध्यक्षका प्रत्यासी नवराज मानन्धरले भन्नुभयो । सबै जनता समान भएकाले पँहुचको आधारमा कसैले घरमा बनाएर ल्याएको खोप पाउने कसैले भने सरकारले दिएको मापदण्डमा समेत खोप नपाउनु दुभाग्र्य भएको मानन्धरले बताउनुभयो ।
काभ्रेकै केही स्थानीय तहमा ४० बर्ष उमेर समुहकाहरुलाई खोप दिन सुरु भएको छ ।