Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

शर्लिन चोपडाको बयान–‘शिल्पासँग खुशी थिएनन् राज’

Thursday, July 29, 2021 National Power

मुम्बई – व्यापारी राज कुन्द्राको पोर्नोग्राफी मुद्दामा बयान दिन नायिका तथा मोडल शर्लिन चोपडा मुम्बई क्राइम ब्रान्च पुगेकी छिन् । राज कुन्द्रा पक्राउ परेपछि केही मोडलहरु उनको विरुद्धमा खुलेरै बोलिरहेका छन् । अधिकांश मोडलहरुले राज कुन्द्रामाथि अश्लिल चलचित्र बनाउने गरेको आरोप समेत लगाएका छन् । तर, नायिका तथा मोडल शर्लिन चोपडाले भने उनीमाथि सेक्सूअल ह्यारेसमेन्टको आरोप समेत लगाएकी छिन् ।

राज कुन्द्रालाई अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । साथै, उनले जमानतका लागि गरेको आग्रहलाई समेत अदालतले खारेज गरेको छ । शर्लिनले आफ्नो बयानमा क्रममा सन् २०१९ मार्च २७ मा भएको विजनेश मिटिङका क्रममा भएको बहसलाई लिएर विना जानकारी राज उनको घरमा पुगेका थिए । शर्लिनले राजले आफूलाई जर्बजस्ती चुम्बन गर्न खोजेको समेत आरोप लगाएकी छिन् ।

आफूले राज एक विवाहित पुरुष भएकाले पनि सम्बन्ध राख्न नसक्ने जवाफ दिएको शर्लिनले बयानको क्रममा बताएकी छिन् । राजले आफूलाई शिल्पासँग सम्बन्ध समधुर नभएको र घरमा रहँदा धेरै समय तनावमा रहने गरेको जानकारी गराएको पनि शर्लिनले बयानका क्रममा बताएकी छिन् ।