Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

पूर्वमाओवादीका चार नेताको रिट कार्कीको इजलासमा

Thursday, July 29, 2021 National Power

काठमाडौं – माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ ।

माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले दिएको दल त्यागको सूचना दिएपछि उनीहरुको सांसद पद गुमेको थियो । यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्री बनाएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि उनीहरुको मन्त्री पद पनि गुमेको थियो । निर्वाचन आयोगले गत असार २३ गते उपलब्ध गराएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको जिकीर गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्य पद खारेजको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।