Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

देउवालाई मत दिने सांसदसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण

Monday, July 19, 2021 National Power

 काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘फ्लोर क्रस गर्नु पार्टी अनुशासन र जनमत विपरीतको काम हो, त्यसैले २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ’ वैठकपछि पत्रकारसँग उनले भने, ‘उहाँहरुले दिएको जवाफको आधारमा पार्टीले चाल्ने थप कदम तय हुन्छ ।’
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान गरेका थिए । देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।