Wednesday 27th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु

Saturday, June 19, 2021 National Power

काठमाडौं- पछिल्लो एक सातामा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १र१ जनाको मृत्यु भएको हो ।

३० जेठदेखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३र३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १र१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १०९ जनाको उद्धार गरिएको छ ।

यसैबीच पानीको बहाव बढ्न गई महाकाली नदीको टापुमा फसेका तीन जनाको उद्धार गरिएको छ । भीमदत्त नगरपालिका(१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्धार गरिएको हो । शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैंसी लिएर घर फर्कने क्रममा उनीहरु उक्त टापुमा फसेका थिए ।