काभ्रेपलान्चोक – एमालेका युवा नेता, समाजसेवि तथा युवा व्यवसायी रत्नकुश रंजितले बनेपा नगरपालिका वडा नम्बर १३ र १४ मा कोभिड-१९ को प्रभावले समस्यामा परेका ८० परिवारलाई आज थप खाद्यान्न वितरण गर्नु भएको छ ।
कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका ५०० परिवार सहित आज थप ८० परिवार लाई खाद्यान्न वितरण गर्ने लागेको बताउनु भयो ।
दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नु भएको हो । खाद्यान्न वितरण श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई दाल, चामल, तेल, नुन, साबुन, चिनी, चिउरा, दामोट र मस्यौरा लगायतका सामान वितरण गरिएको थियो ।
बनेपाका युवा व्यवसायी रत्न कुश रंजितले वडा नम्बर १४ का वडा अध्यक्ष गौरी राउत, स्थानीयहरु रबिन बिष्ट , राम कुमार तामाङ, १४ को वडा संयोजक निर्मला तामाङको साथै स्थानीय राम लाल दुवाल, राजु मध्यकर्मी , राजाराम दुवाल, राजाराम श्रेष्ठको विशेष सहयोगमा खाद्यान्न वितरण गरिएको छ ।
खाद्यान्न वितरण कार्यक्रममा बनेपा नगरका युवा नेता नवराज मानन्धर
बिक्रम प्रजापति, बिकास मानन्धर ,
ज्ञानेन्द्र नकर्मी, राम रजित, सुनिल मानन्धर, गणेश रजित, उमेश मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
रत्न कुश रंजितले गरेको यो पहिलो सहयोग भने होइन उहाँले यो भन्दा अगाडि पनि धेरै सहयोग गरेका उदाहरण पनि छन । यस्तैयस्तै, हरेक प्रकारका सामाजिक काममा अग्रसर रहेर समाजसेवामा जुटिरहेका छन् समाजसेवी रत्न कुश । यस्तै असल पथप्रदर्शकहरुबाटै समाज रुपान्तरणमा केही आशा गर्न सकिन्छ ।