काभ्रेपलान्चोक – एमालेका युवा नेता, समाजसेवि तथा युवा व्यवसायी रत्नकुश रंजितले कोभिड-१९ को प्रभावले समस्यामा परेकाहरुलाई आफ्नो निवास बाट अक्सिजन सिलिन्डर सहित खाद्यान्न र कोहि कोहि लाई अवस्था हेरेर बिरामी बसेको ठाउँमा नै गएर नगद सहयोग गर्नु भएको छ ।
बनेपा नगरपालिका वडा नम्बर ८ निवासी कृष्ण सापकोटाको आमा वर्ष ६५ कि सुन्तली सापकोटा लाई अक्सिजन र सिलिन्डर सहित खाद्यान्न र नगद सहयोग गर्नु भएको हो ।
बनेपाका युवा व्यवसायी रत्न कुश रंजित, नवराज मानन्धर, राम रंजित, गणेश रंजित र ज्ञानेन्द्र लगाएतले अक्सिजन सिलिन्डर सहित नगद र खाद्यान्न सहयोग गर्नु भएको थियो ।
बनेपा नगर क्षेत्रभित्र भित्री बजार, पुलबजार, जनागाल, भैंसेपाटी नयाँबस्ती, साँगा, नाला,ईट्टाभट्टा बनेपाको १४ वटा बडामा जुन सुकै ठाउँमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई दाल, चामल, तेल, नुन, साबुन, चिनी, चिउरा, दामोट र मस्यौरा लगायतका खाद्यान्न नगद र अक्सिजन सिलिन्डर वितरण गर्नु भएको छ ।
रंजितले गरेको यो पहिलो सहयोग भने होइन उहाँले यो भन्दा अगाडि पनि धेरै सहयोग गरेका उदाहरण पनि छन । भैसिपाटी बाट हिडदै आएका एक ५५ वर्षका महिला सुशीला पराजुलीको समस्य सुने पछि आफुले नगद नै सहयोग गरेको र मनमा सन्तुष्ट मिलेको स्मरण गराउदै उहाँले भन्नू भयो `बन्दा बन्दीको नियम पालन गरि दैनिक गुजारा गर्ने गाह्रो परेका परिवारहरुको जो कोहि सदस्य आए पनि खाली हात फर्किनु नपर्ने बताउनु भयो ।