Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

भारतले भन्यो: संसद विघटन नेपालको आन्तरिक मामिला

Wednesday, May 26, 2021 National Power

काठमाडौं – नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

नेपालको पछिल्लो घटनाक्रमबारे धेरै जिज्ञासा आएको न्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको वर्तमान राजनीतिक घटनाक्रमलाई हामीले नोटमा लिएका छौं, हामीलाई लाग्छ कि, यी घटनाक्रम नेपालको आन्तरिक मामिला हो, यसलाई उनीहरुले आन्तरिक रुपमा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ । एउटा छिमेकी र साथीको नाताले भारतले नेपाल र त्यहाँका जनताको प्रगति, शान्ति र स्थायित्वका लागि अटुट रुपमा सहयोग गरिरहन्छ ।’

जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । त्यसविरुद्ध संसदका १४६ सदस्य र कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका छन् ।