Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

‘काेराेनाबाट ज्यान गुमाउनेकाे वास्तविक तथ्याङ्क दुई या तीन गुणा धेरै’ : डब्लुएचओ

Friday, May 21, 2021 National Power


काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएको छ त्योभन्दा दुई या तीन गुणा बढी रहेको बताएको छ ।

सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ३४ लाख जनाको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार आफ्नो वार्षिक प्रतिवेदनमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने बताएको छ ।

प्रतिवेदनकाअनुसार सन् २०२० मा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३० लाख या बताइएको भन्दा १२ लाख धेरैको ज्यान गएको छ ।

‘प्रत्यक्ष रूपमा होस् या फेरि अप्रत्यक्ष रूपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको तथ्याङ्क वास्तविक मृत्युको तथ्याङ्कभन्दा निकै कम छ’, प्रतिवेदनमा भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनकी प्रबन्ध निर्देश समीरा अस्माले भन्नुभयो, ‘वास्तवमा ज्यान गुमाउनेको तथ्याङ्क दुई या तीन गुणा धेरै हुन सक्छ । यो तथ्याङ्क ६० देखि ८० लाख छ ।’

तथ्याङ्क कम हुनुमा यसका विभिन्न कारण हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । सङ्गठनकाअनुसार महामारी सुरु हुने बेलामा कैयौँ व्यक्तिको मृत्यु उनीहरूमा कोभिड–१९ पुष्टि हुनुभन्दा पहिले नै भएको थियो ।

साथै केही देशसँग त्यस समयमा कोभिड–१९ का कारण हुने मृत्युसँग जोडिएको डाटा राख्नका लागि उचित प्रक्रियासमेत नभएको सङ्गठनले बताएको छ । – साभार उज्ज्यालो अनलाईन बाट