काठमाडौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट भेटिएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट संकलित नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा परीक्षण गर्दा नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको हो।
यो नयाँ भेरियन्टसहित नेपालमा अहिलेसम्म तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन्।
सहप्रवक्ता अधिकारीका अनुसार गत हप्ता देशका विभिन्न भागबाट संकलिन संक्रमितका ३५ वटा नमूनाहरुलाई विश्वास स्वास्थ्य संगठनको समन्वयमा जिन क्क्विन्सिग गर्दा मंगलबार नजिता प्राप्त भएको हो । नतिजा अनुसार ९७ प्रशितमा (३४) वटा नयाँ भेरियन्ट B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको छ ।
नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक रहेको पुष्टि विभिन्न अनुसन्धानबाट भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा तीन किमिसमा भेटियन्ट भेटिएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न र गराउन सबैलाई अपीलसमेत गरेको छ ।
‘हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको छ’, मन्त्रालयको अपीलमा भनिएको छ, ‘त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपील गर्दछौँ ।’ साभार : अन्नपूर्ण पोस्ट बाट