काभ्रेपलान्चोक / काेराेना भाईरस संक्रमण जाेखिम न्युनिकरण तथा नियन्त्रणकाे प्रयासलाई ध्यानमा राख्दै धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेत निवासी दाजुभाई बद्रिराज तिमल्सिना र शुभराज तिमल्सिनाले स्वास्थ सामाग्री तथा औषधि सहयोग गरेका छन् ।
पात्लेखेतमा संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ चौकी मार्फत वितरण हुने गरि २० जना कोभिड पोजेटिभ देखिएका हरूलाई सप्लिमेन्ट्री प्याकेज ( मास्क, सेनिट्राईजर, भिटामिन सि, डी, जीन्क ट्याब आदी) वितरण गरिएकाे हो ।
युवा व्यवसायी शुभराज तिमल्सिनाको व्यक्तिगत व्यवस्थापनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष समेत रहेका बद्रिराज तिमल्सिना तथा पुर्व अध्यक्ष ईश्वरी ओझाले पात्लेखेत स्वास्थ्य चौकीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्। आवश्यकता अनुसार ति सामाग्री थप सहयोग गरिने बताइएको छ।
हस्तान्तरण स्थानीय युवा रोशन तिमल्सिना र गोबिन्द धितालले संयाेजन गरेका हुन् ।जाेखिम बढ्दै गएकाले सहयाेगलाई निरन्तरता दिने र दायरा पनि फराकिलाे बनाउदै लैजाने शुभराज तिमल्सिनाले जानकारि दिए । उनले सकेसम्म सबैजना घरमै बस्न र संक्रमितहरु पुर्णरुपमा आइसोलेट हुनुहुन आग्रह गरे।
पात्लेखेतमा ३१ महिला र २५ पुरुष गरि ५६ जना संक्रमित छन्। हालसम्म दुइजनाले ज्यान गुमिसकेको धुलिखेल वडा न ११ का वडा अध्यक्ष बिष्णु धितालले जानकरी दिए।
धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीका अनुसार धुलिखेल नगरपालिकामा २ सय महिला र २ सय १९ पुरष गरि ४ सय १९ जना कोरोना संक्रमित छन् भने ९ जनाको मृत्यु भैसकेको छ।



काठमाडौँ – लोकदोहोरी गायिका रीता थापा मगर नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट...
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले देशनिकाला प्रक्रियालाई थप तीव्र र व्यवस्थित बनाउनका लागि...
काठमाडौं- आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । डिसेम्बर...
काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्...
काठमाडौं – दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि...
काठमाडौँ -चलचित्र विकास बोर्डले गत साताको नेपाली बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।...