Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

तीन वटा संस्था मिलेर समाजसेवा गर्दै

Tuesday, May 11, 2021 National Power

काभ्रेपलान्चोक – अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजेन्द्र कुमार खेताङ्, उपकरण सेवा नेपालका कार्यकारी अध्यक्ष राकेश कुमार अग्रवाल, लक्ष्मण जोसि संगको सहकार्यमा ” आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ” संस्थाले यो दोस्रो लहरको माहामारीको समयमा पनि हरेक नेपाली लाई सहयोग गर्ने भएको छ।

कोरोनाको दोस्रो लहर विश्व भरिनै फैलिएको र नेपाल सरकारले पनि निषेधाज्ञा जारि गरे संगै नेपालको जुन सुकै ठाउँमा अलपत्र परि उपचार नपाएर छट्पटी रहनु भएका र खानको लागि रासन पानिको अभाव भएका सबै नेपालीको उद्धारको लागि हाम्रो तिनै वटा संस्था लागि पर्ने प्रतिबद्ध जनाएको समाजसेवी राजन थापाले जानकारी दिनु भयो ।

बिभिन्न हस्पिटलहरुमा अक्सिजन कमि भए पनि हाम्रो टिमले निशुल्क उपलब्ध गराई बिरामिको उपचारका लागि सहज बनाउनुको साथै नेपालको जुन सकै ठाउँमा न अलपत्र पर्नु भएको छ भने पनि सम्पर्क गर्न अनुरोध गरेका छन्न ।