Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

तीन वटा संस्था मिलेर समाजसेवा गर्दै

Tuesday, May 11, 2021 National Power

काभ्रेपलान्चोक – अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजेन्द्र कुमार खेताङ्, उपकरण सेवा नेपालका कार्यकारी अध्यक्ष राकेश कुमार अग्रवाल, लक्ष्मण जोसि संगको सहकार्यमा ” आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ” संस्थाले यो दोस्रो लहरको माहामारीको समयमा पनि हरेक नेपाली लाई सहयोग गर्ने भएको छ।

कोरोनाको दोस्रो लहर विश्व भरिनै फैलिएको र नेपाल सरकारले पनि निषेधाज्ञा जारि गरे संगै नेपालको जुन सुकै ठाउँमा अलपत्र परि उपचार नपाएर छट्पटी रहनु भएका र खानको लागि रासन पानिको अभाव भएका सबै नेपालीको उद्धारको लागि हाम्रो तिनै वटा संस्था लागि पर्ने प्रतिबद्ध जनाएको समाजसेवी राजन थापाले जानकारी दिनु भयो ।

बिभिन्न हस्पिटलहरुमा अक्सिजन कमि भए पनि हाम्रो टिमले निशुल्क उपलब्ध गराई बिरामिको उपचारका लागि सहज बनाउनुको साथै नेपालको जुन सकै ठाउँमा न अलपत्र पर्नु भएको छ भने पनि सम्पर्क गर्न अनुरोध गरेका छन्न ।