Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

हामी छौ तपाईंको सेवामा भन्दै आए बनेपाका युवा

Monday, May 10, 2021 National Power

बनेपा- रातको समयमा अस्पतालसम्म बिरामी लान गाडी चाहिएको छ । तपाइको टोल छिमेकमा कोरोनाको कारणले खाना खान नपाउने कुनै समस्या परेका मानिसहरु हुनुहुन्छ भने बनेपाका युवा नेता नवराज मानन्धर र विकास मानन्धरसँग सम्पर्क गर्नसक्नुहुनेछ ।
कोरोनाको कहरमा दिउँसोको समयमा यातायातको साधन पाइएला तर रातको समयमा तपाइहरु कोभिड तथा अरुको बिरामी पर्नुभयो भने निशुल्क अस्पताल लान र ल्याउनको लागि आफूहरुले सेवाको सुरुवात गरेको नवराज मानन्धरले बताउनुभयो ।
बनेपा नगरपालिका वडा नं १ देखि १४ सम्म घरबेटी तथा डेरामा बस्नेहरु खान समस्या परेर र अरु समस्यामा पर्नुभएको छ भने बनेपाका युवा नेता नवराज मानन्धर र बिकास मानन्धरले आज रातिबाट गाडी,मोटरसाइकल जे बाट सम्भावना हुन्छ तेसबाट सेवा सुरुवात गर्नुभएको छ ।
यस्तो अवस्थामा सकेको सहयोग गरौ भनेर यो कार्यको सुरुवात गरेको मानन्धरले बताउनुभयो । उहाँले साँझको ६ बजेदेखि बिहान ७ बजेसम्मका लागि निशुल्क यातायात सेवासँगै भोकले कोही पनि मर्नु नपरोस् भनेर अभियान सुरु गर्नुभएको हो ।
सम्पर्क नम्बर
नवराज मानन्धर,9851025169
अनिश मानन्धर,9849576233
सुनिल मानन्धर,9851119809
विकास मानन्धर,9849728614