Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

हामी छौ तपाईंको सेवामा भन्दै आए बनेपाका युवा

Monday, May 10, 2021 National Power

बनेपा- रातको समयमा अस्पतालसम्म बिरामी लान गाडी चाहिएको छ । तपाइको टोल छिमेकमा कोरोनाको कारणले खाना खान नपाउने कुनै समस्या परेका मानिसहरु हुनुहुन्छ भने बनेपाका युवा नेता नवराज मानन्धर र विकास मानन्धरसँग सम्पर्क गर्नसक्नुहुनेछ ।
कोरोनाको कहरमा दिउँसोको समयमा यातायातको साधन पाइएला तर रातको समयमा तपाइहरु कोभिड तथा अरुको बिरामी पर्नुभयो भने निशुल्क अस्पताल लान र ल्याउनको लागि आफूहरुले सेवाको सुरुवात गरेको नवराज मानन्धरले बताउनुभयो ।
बनेपा नगरपालिका वडा नं १ देखि १४ सम्म घरबेटी तथा डेरामा बस्नेहरु खान समस्या परेर र अरु समस्यामा पर्नुभएको छ भने बनेपाका युवा नेता नवराज मानन्धर र बिकास मानन्धरले आज रातिबाट गाडी,मोटरसाइकल जे बाट सम्भावना हुन्छ तेसबाट सेवा सुरुवात गर्नुभएको छ ।
यस्तो अवस्थामा सकेको सहयोग गरौ भनेर यो कार्यको सुरुवात गरेको मानन्धरले बताउनुभयो । उहाँले साँझको ६ बजेदेखि बिहान ७ बजेसम्मका लागि निशुल्क यातायात सेवासँगै भोकले कोही पनि मर्नु नपरोस् भनेर अभियान सुरु गर्नुभएको हो ।
सम्पर्क नम्बर
नवराज मानन्धर,9851025169
अनिश मानन्धर,9849576233
सुनिल मानन्धर,9851119809
विकास मानन्धर,9849728614