Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

सुवेदीको घाम चर्केको छ बजारमा (भिडियो सहित)

Sunday, May 9, 2021 National Power

काठमाडौ – लोकप्रिय गायक तारापती सुवेदीको मर्मस्पर्सी गीत घाम चर्कोको छ भर्खर मात्र बजारमा आएको छ । देश काल र परिस्थिति अनुसार मौलिक टिपिकल गीत गाउन अब्बल गायक सुवेदी यस अघि पनि थुप्रै किसिमका देशभक्तिपुर्ण,सन्देशमुलक,मनोरञ्जनात्मक किसिमका गरी दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन् । उनको गीत संगित प्रतिको निरन्तर साधना र लगावका कारण उनका गीतमा अत्यन्त मौलिकता, कलात्मकता, श्रृंगारता पाइन्छ ।

चर्चित गायिका शान्ती श्री परियार र सुवेदीको सुमधुर आवाज रहेको सो गीतका सबै पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ । गीतमा सुवेदी आफैले लय तथा शब्द भरेका छन् ।

दिपक अधिकारीको निर्देशन रहेको सो गीतमा चर्चित मोडल अञ्जली अधिकारी र विमल अधिकारीले अभिनय गरेका छन् । उक्त भिडियोमा हरिस महराको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ । गीतलाई तारापति सुवेदीले आफ्नै यु टुयुव च्यानलबाट सार्वजनिक गरिएको छ ।        https://youtu.be/KVAEuwtwktM