Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ; राजन थापा

Saturday, May 8, 2021 National Power

काभ्रेपलाञ्चोक, नेपालमा कोरोना भाइरसको दोस्रो लहर प्रवेश गरेको छ । दोस्रो लहर प्रवेश गर्न साथ धेरै मानिसहरको ज्यान जान थालेको छ । बिज्ञहरुले पनि पहिलाको भाइरस भन्दा अहिलेको निकै खतरनाक भएको बताएका छन् । यसरी दास्रो लहर प्रवेश गर्न साथ नेपाल सरकारले स्थानिय तहलाई अवस्था हेरेर लकडाउन गर्न आदेश दिएको छ । यहि आदेश अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुर तिन जिल्ला प्रशासनले पहिला एक हप्ता लकडाउन गर्योै त्यस पछि संक्रमितको संख्यामा कमि नआएपछि अर्को एक हप्ता थप गरेको छ ।

कोरोना संक्रमितको संख्या अत्याधिक बढन थाले पछि बिहाना बेलुका काम गरेर खानेहरु रोगले भन्दा भोक्ले मर्ने लागेको बताउछन् । उता संक्रमितहरु लाई पनि अक्सिजनको अभाव हस्पिटलमा ठाँउ नभए पछि धेरै मानिसको मुत्यृ हुन थालेको छ । यिनै कुराहरु लाई मध्यानजर गदै समाजसेवी एवम संञ्चारकर्मी राजन थापा यि सम्पुर्ण काममा लागी परेका छन् । हुन त उनि यो पहिलो पटक यसरी लागि परेका भने होइन्न थापाले यो भन्दा पहिला पनि उनले गरेका समाजसेवाका कामहरु यत्रतत्र सर्वत्र हामी आम नागरिक लाई थाहा भएको कुरा नै हो ।

ति दिन दुखीहरु लाई जहाँ समस्या परे पनि जस्तो सुकै परिस्थितिमा पनि उपस्थित हुने गरेका छन् । पहिलाको लकडाउनमा पनि अहोरात्र खटिएर ति दिन दुखी गरिब अशायहरु लाई खाद्यान्न, लताकपडा, औसधि नगद रकम हस्तान्तरण गरेका थिए । अहिले पनि उनि त्यसरी नै लागि परेका छन् अझै सामाजिक संजालमा एउटा ग्रुप नै खोलेर आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने भन्दै सम्पुर्ण लाई आफुले सकेको सहयोग गर्न अपिल गरेका छन् । जो हस्पिटल नपाएर छटपटी भएर मर्नु बाच्नुको अवस्थामा पुगेको छ । जो रगत नपाएर मर्दे छन ति पिडित पक्षले सम्पर्क गरेमा उनिहरुले जस्तो सुकै परिस्थितिमा पनि उपलब्ध गराउने भएकाले सम्पुर्णमा केही सहयोग चाहियमा तुरुन्तै खबर गर्न आग्रह गरेका छन् ।

तपाईहरुको परिवारको सदस्यहरु जोकोही हस्पिटल, रगत, अक्सिजन नपाएर छटपटिमा हुनुहुन्छ भने समाजसेवी तथा संञ्चारकर्मी राजन थापालाई सम्झन सक्नुहुने छ । उहाँले जस्तो सुकै परिस्थितिमा पनि आफुले जे सहयोग गर्न तयार रहेको हामीलाई बताउनु भएको छ ।