Saturday 15th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

काभ्रे र भक्तपुरको नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ

Friday, April 30, 2021 National Power

 काभ्रेपलान्चोक – कोरोना भाइरस(कोभिड–१९) तिब्र गतिमा फैलिरहेको अवस्थामा भाइरसको संक्रमण रोकथाम र न्युनिकरणका लागि काभ्रे र भक्तपुरको नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ गरिएको छ ।

अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा जारी गरेपछि प्रहरी प्रशासनले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गरेपछि उपत्यका छिर्ने पूर्वी साँगा नाका सुनसान भएको छ ।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख तथा प्रहरी निरिक्षक प्रमिला श्रेष्ठले जिल्लाभित्र सबै प्रकारका सवारी सधानहरु केही मात्रामा चलेको भएपनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी सधानमा प्रहरी जाँच कडाइ गरिएको बताउनुभयो ।

श्रेष्ठले भन्नू भयो `काभ्रे जिल्ला प्रवेश गर्ने सिमानाहरु दोलालघाट र मंगलटामा पनि उपत्यका प्रवेश गर्न आउने सवारी साधनलाई चेक जाँच गरि फर्काइएको छ´।

अत्यावश्यक बाहेकका सवारी साधन लाई काभ्रे र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी सधानहरु विहानैदेखि प्रहरीले जाँच गर्दै फर्काइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिनु भयो ।

उहाँले भन्नू भयो`काभ्रे जिल्लामा पनि आंशिक प्रभाव परेको छ । उपत्यका प्रवेश गर्न नदिएपछि जिल्लामा चल्ने सार्वजनिक सवारी साधन चलेका छैन्न ।