Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

Monday, April 26, 2021 National Power

काठमाडौं – पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ । सोमबार थपिएका संक्रमितमध्ये १ हजार ९१२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना छन् । यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् ।

यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२र३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।