Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

बाल गायक प्रियान्कुश गौतम को पहिलो डेब्यु गीत ‘सुन हैन’ सार्वजनिक (भिडियोसहित)

Sunday, April 25, 2021 Devil Singh Rajput

काठमाडौं — वैशाख १२, २०७८।

बाल गायक प्रियान्कुश गौतम को पहिलो डेब्यु गीत ‘सुन हैन’ सार्वजनिक भएको छ।

‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फको सेकेण्ड रनर अप प्रियान्कुश गौतमको आवाजमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको हो।

उक्त गितमा प्रियान्कुश गौतमको स्वरसंगै अन्य ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फका प्रतिस्पर्धीहरुले समेत आवाज भरेका छन। उक्त गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

साथै उक्त गितको म्युजिक भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (डान्स) तर्फका विजयी प्रतियोगीहरुको अभिनय देख्न सकिन्छ।

काठमाडौंको थापागाउँस्थित पाठशाला नेपालमा अध्ययनरत प्रियान्कुश गौतम गायन संगसंगै खेलकुदमा समेत त्यतिकै संलग्न रहदै आएका छन। अध्ययन र गायन पस्चात ब्याडमिन्टन, क्रिकेट, फूटबल लगायतका खेलमा समेत गौतमको रुची रहेको छ।

स्कूलमा संचालन हुने विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिताहरुमा समेत आफूलाई अव्वल सावित गराईसकेका गौतमको डेव्यु गित पछिल्लो समय बालबालिकाहरुमाझ चर्चित हुँदै गएको छ।

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले आफ्नो अफिसियल युट्युव च्यानलमा ल्याएको छ ।

भिडियो —