Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

आश्नेया बिनाडीको आवाजमा ‘सुन हैन’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Tuesday, April 20, 2021 Devil Singh Rajput

काठमाडौं — वैशाख ७, २०७८।

‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फकी सेकेण्ड रनर अप आश्नेया बिनाडीको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘सुन हैन’ बोलको उक्त गितमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। किड्स सिंगर आश्नेया बिनाडीको स्वरसंगै अन्य ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फका प्रतिस्पर्धीहरुको स्वरमा रहेको गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

साथै उक्त गितको म्युजिक भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (डान्स) तर्फका अन्य विजयी प्रतियोगीहरुको समेत अभिनय देख्न सकिन्छ।

एपेक्स लाईफ स्कूल, सरस्वतीनगर ,चावहिलमा अध्ययनरत किड्स सिंगर आश्नेया बिनाडी ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फको सेकेण्ड रनर अप हुन। साथै एपेक्स लाईफ स्कूलले संचालन गरेको डिवेट, स्पेलिङ, नेपाली स्पिच, ईङ्ग्लिश स्पिच, पोएम रिसाईटेसन लगायतका कम्पिटिसनमा विजेता समेत भईसकेकी बहुप्रतिभाशाली आश्नेयाले स्कुल लेभलका विभिन्न प्रतियोगिताहरुमा थुप्रै अवार्ड र मेडलहरु प्राप्त गरिसकेकी छिन।

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले आफ्नो अफिसियल युट्युव च्यानलमा ल्याएको छ ।

भिडियो —