Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

आज्ञा थपलियाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Tuesday, April 20, 2021 Devil Singh Rajput

काठमाडौं — वैशाख ७, २०७८।

आज्ञा थपलियाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘सुन हैन’ बोलको उक्त गितमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का सिंगिङ तर्फको विजयी किड्स सिंगर आज्ञा थपलियाको स्वरसंगै अन्य प्रतिस्पर्धीहरुको स्वरमा रहेको गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

साथै उक्त गितको म्युजिक भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (डान्स) तर्फका अन्य विजयी प्रतियोगीहरुको समेत अभिनय देख्न सकिन्छ।

एलिट ग्राण्ड स्कूल चुच्चेपाटी, काठमाडौंको क्लास २ मा अध्ययनरत किड्स सिंगर आज्ञा थपलिया ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फको विजेता हुन।

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले युट्युवमा ल्याएको छ ।

भिडियो —