Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

ज्योती प्रकाशको संगीत र शान्तिप्रियको निर्देशनमा “बोल देउता बोल” भन्दै आए माधव खरेल

Friday, April 16, 2021 National Power

काठमाण्डौ – सामाजिक सचेतनाको बुलन्द आवाज बोकेको सन्देशमुलक गीत ”बोल देउता बोल” सार्वजनिक भएको छ । प्राज्ञ ज्योती प्रकाशको स्वर तथा संगीत रहेको उक्त गीतलाई चन्द्र भट्टचनले लेखेका हुन् ।
समाजमा उतल्लो र उपल्लो समुदाय वा जात भनेर गरिने विभेद विरुद्ध आवाज बुलंद गरिएको गीतमा विषेशत एउटा मुर्तिकारले बनाएको मुर्ति मन्दिरमा स्थापना गरे पछि स्वयं मुर्तिकारलेनै त्यसलाई छुन वा पुजा गर्न नपाएपछिको पिडालाई सम्बोधन गरिएको छ ।
सामाजिक विकृति विरुद्ध आवाज उठान गर्ने उक्त गीतलाई बरिष्ठ संचारकर्मी एवं गीतकार शान्तिप्रियले निर्देशन गरेका छन् भने भिडियोमा चलचित्र निर्देशक माधव राज खरेलको अभिनय देख्न सकिन्छ । हुन त यस अधि खरेलले थुप्रै चलचित्रहरुमा फरक फरक भुमिकामा आफ्नो अभिनय क्षमता देखाई सकेका छन् । भिडियोमा खरेलका अलावा चर्चित गीतकार लोकराज अधिकारी, गीतकार एवं संचारकर्मी सुमन बैरागी, संचारकर्मी राजन थापालाई पनि देख्न सकिन्छ ।
गोविन्द अन्जानको छायांकन रहेको उक्त गीतलाई विकास धमलाले सम्पादन गरेका हुन् । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको रेर्डिङ स्टुडियो सुर संगीत रहेको छ । सामाजिक सचेतनाको लागी तैयार पारिएको गीत र भिडियोलाई दर्शक स्रोताहरुले मन पराउनेमा आफुहरु आशावादी रहेको यसका निर्देशक शान्तिप्रिय र संगीतकार एवं गायक ज्योती प्रकाशले बताएका छन् । भिडियोलाई ज्योती प्रकाश अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।