Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली

Thursday, April 15, 2021 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी निर्माणमा भइरहेको ढिलाईलाई अस्वाभाविक र असाधारण भन्दै कारबाहीको चेतावनी दिएका छन् । उनले कुनैपनि प्रकारको अस्वाभाविक ढिलाई सह्य हुन नसक्ने समेत बताए ।

‘अपर तामाकोशीमा अस्वाभाविक र असाधारण तरिकाले काममा ढिलाई भइरहेको छ,’ प्रधानमन्त्री ओलीले नापी विभागमा आयोजित कार्यक्रममा भने,‘पाइप फुटेजत्तिको काम बाँकी छ तर ढिलासुस्ती भइरहेको छ ।’

अपर तामाकोशीमा ढिलाई हुँदा दैनिक १३ करोड नोक्शान भइरहेको बताए । उनले भने,‘देशभित्र या बाहिरका जोकोही ठेकेदार हुन् अब सह्य र मान्य हुनेछैन, ढिलासुस्ती गर्नेले आफै क्षति व्यहोर्नुपर्छ ।’ ओलीले अस्वाभाविक ढिलाई गर्नेलाई कारबाही गर्ने समेत चेतावनी दिए ।

मेशिन जडानमा एक वर्ष अघि सोध्दा, एक महिना अघि सोध्दा र केही दिन अघि सोध्दा एउटै जवाफ पाउने गरेको ओलीको भनाई थियो । विगतमा मेलम्ची खानेपानी आयोजनामा पनि ताकेता गरेकाले खानेपानी आइपुगेको बताए ।