Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

‘मेरो माया करोडमा’ भन्दै सोना, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार (भिडियोसहित)

Monday, April 5, 2021 National Power

काठमाडौं – गायिका सोना अमात्यको नयाँ गीत ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोनाको स्वरसँगै अभिनयसमेत रहेको गीतको भिडियो सार्वजानिक भएको हो । राजधानीमा केहीदिन अघि उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको थियो ।

दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर रहेको छ । एड एजेन्सी फुल सर्कलकी सीईओसमेत रहनुभएकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गर्नुभएकी हो । उहाँले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा सङ्ग्रहित गर्ने बताउनुभएको छ । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छु’ उहाँले भन्नुभयो ।

गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सोनासँगै सागर लम्साल ‘बले’ हुनुहुनछ । भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमूल्य हुने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी, बुद्ध थापाको छायाँकन, नवीन निरौलाको कलर र सम्पादन, दीपक आचार्यको भिडियो कन्सेप्ट रहेको छ ।

गीतको टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ । सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउने मध्ये तेस्रोलाई १० हजार नगद, दोस्रोलाई २० हजार नगदसँगै मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगदसँगै मोबाइल फोन दिइने घोषणा गरिएको छ । यो पुरस्कार वितरण सोनाकै तीन सातापछि सार्वजनिक हुने नयाँ गीतको कार्यक्रममा गरिने बताउनुभयो ।