Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

माधव नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेको छ : सूर्य थापा

Saturday, April 3, 2021 National Power

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाले माधव कुमार नेपाल नेतृत्वको समूहलाई वागी समूहको संज्ञा दिएका छन् । र, नेपाल नेतृत्वको समूह अँध्यारो सुरूङमा पसेको पनि उनको टिप्पणी छ ।

थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,”माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन! साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाकाे सर्वनाशकाे बाटाे त्यागी संयमित हुन जरूरी छ। नभए विजाेग हाेला है !”