Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बिस्केट जात्रा मनाउने तयारी, रथ निर्माण जारी

Saturday, April 3, 2021 National Power

काठमाडौं – कोरोना संक्रमणको जोखिमका बाबजुद भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको रथ निर्माणको काम जारी राखिएको छ । तौमढीस्थित पाँच तले मन्दिर अगाडि भैरवको रथ निर्माणको काम जारी छ ।

परम्परागत शैलीमा निर्मित प्यागोडा शैलीको तीनतले अग्लो रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो ।

आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ । गत वर्ष कोरोना संक्रमणको जोखिमका कारण बिस्केट जात्रा मनाइएको थिएन ।

यस वर्ष समेत कोरोना संक्रमणको जोखिम कायमै रहे पनि सुरक्षित र मर्यादित ढंगले बिस्केट जात्रा मनाएर परम्परालाई निरन्तरता दिने तयारी गरिएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बताए ।

बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।