Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

मयुर आसनमा उपाध्ययद्वारा विश्व कीर्तिमान

Friday, March 26, 2021 National Power

काठमाडौं – मयुर आसनमा चार मिनेट १७ सेकेन्ड बसेर स्याङ्जाका परशुराम उपाध्ययद्वारा विश्व कीर्तिमान कायम गर्नुभएको छ । सन २०१८ नोभेम्बरमा भारतका विजेस इलिकात्य परमविलले तीन मिनेट पाँच सेकेन्डको विश्व कीर्तिमान बनााउनु भएको थियो । उक्त रेकर्ड लाई स्याङ्जा हरिनाथ गाँउपालिका-१ का ४५ वर्षिय उपाध्यले विश्व कीर्तिमान व्रेक गर्नुभएको हो ।

कार्यक्रम वल्र्ड रेकर्ड फाउन्डेसन नेपालले डाइनिङ पार्क बानेश्वरमा आयोजना गरेको हो । वल्र्ड रेकर्ड फाउन्डेसनका अध्यक्ष चित्रकुमार कार्कीले आगामी दिनमा पनि नयाँ नयाँ प्रतिभालाई प्रोत्साहान गर्ने बताउनुभयो । कार्कीले लुकेर बसेका कलालाई विश्व सामु पुर्‍याउन फाउन्डेसन सदैब तयारी अवस्थामा रहेको जनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि इन्टरनेशनल मिडिया हवका सञ्चालक सुशील पोख्रेल रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता फोटो पत्रकार महासंघका उपाध्यक्ष सागर श्रेष्ठ फ्याल्यास टेनिस एकेडेमी सञ्चालक तथा अन्तर्राष्ट्रिय रेफ्ररी श्रवण कुमार कार्की रेफ्री रक्षकुमार राई योग गुरु यतिराज भट्टराई लगायतको उपस्थिति थियोे ।