Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

‘बेस्ट ईभेन्ट मेनेजमेन्ट कम्पनी,२०२०’ अवार्ड क्वेस्ट ईभेन्ट मेनेजमेन्टलाई

Wednesday, March 10, 2021 Devil Singh Rajput

काठमाडौँ — फाल्गुन २६, २०७७।

शनिवार राजधानीमा मोडल सङ्ग्स नेपालद्वारा आयोजित ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ ‘मोडल सङ्ग्स अवार्ड २०२०’ मा क्वेस्ट ईभेन्ट मेनेजमेन्ट ‘‘बेस्ट ईभेन्ट मेनेजमेन्ट कम्पनी,२०२०” अवार्डबाट सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको ‘मोडल सङ्ग्स अवार्ड’ को दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुसहित पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतनिधी सभा सदस्य डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको थियो।

अवार्ड समारोहको समुद्घाटन प्रमुख अतिथि रिजाल,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए ।

विगत लामो समयदेखि सौन्दर्य प्रतियोगिता लगायत क्वेस्ट ग्रुपमार्फत क्वेस्ट एजुकेशन इन्स्टिच्युट एन्ड कन्सल्टेन्सी, क्वेस्ट गोर्खा एकेडेमी, फेशन क्वेस्ट बुटिक संचालन गर्दै ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको क्वेस्ट ईभेन्ट मेनेजमेन्ट प्रा ली लाई नेपाली सौन्दर्य प्रतियोगिताको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कण गर्दै यस वर्षको ‘मोडल सङ्ग्स अवार्ड २०२०’ मा ‘‘बेस्ट ईभेन्ट मेनेजमेन्ट कम्पनी,२०२०” अवार्ड प्रदान गरिएको आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जनाए।