Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

प्रचण्ड भेटेका वामदेव ओली भेट्न बालुवाटारमा

Saturday, February 27, 2021 National Power

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । हिजोमात्रै नेता गौतमले नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । गौतम नेकपा एक ढिक्का भएर अघि बढ्नुपर्नेमा छन् ।

उनले हिजो दाहालसँगको भेटमा ओलीलाई राजीनामा दिन लगाउने र नेकपाकै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका थिए । गौतमले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताईसकेका छन् । प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेताहरुको दौडधुप बढेको छ ।

गौतम त झनै एकता अभियान चलाएर बसेका नेता हुन् । उनले पार्टी एकतालाई जोगाउँदै अघि बढ्नुपर्ने धारणा राखेका छन् । त्यसको लागि ओलीको सम्मानजनक बहिर्गमन र दाहाललाई प्रधानमन्त्री बनाउनसकिने उनको प्रस्ताव छ ।