
काठमाडौं- बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई महत्व दिइन्छ । सामान्यतया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ । कहिलेकाहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ । तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वीकार गरिँदैन । भारतको मुरादाबादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् ।
रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ । भारतीय दैनिक अमर उजालाका अनुसार यी दुई मिसकलको माध्यमबाट एक अर्काको नजिक भएका थिए । दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो ।
फोनमा कुरा बढ्दै जाँदा दुवै नजिकिँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन् । महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफूसँगै बस्नुपर्ने बताइन् । युवक पनि यसको लागि तयार भए । गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर यको विरोध गरिन् । विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन


काठमाडौं – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको...
काठमाण्डौं– बालबालिको नेपालकै सबभन्दा ठ्लो डान्स रियाल्टी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ मा डोटीकी...
काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खस आर्य समूहतर्फको बन्द सूचीमा...
काठमाडौँ – तेस्रो संस्करणको राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ चलचित्र र गीत...
काठमाण्डौ – नायक तथा मोडल पुश्पल खड्का द्धारा अभिनित “प्यारी छोरी” बोलको गीत हिजो...
काठमाडौँ – अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिकलाई डिपोर्ट भएका छन् । अध्यागमन...