Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

अमेरिकामा उडिरहेको विमानमा आगोलागी

Sunday, February 21, 2021 National Power

वासिङटन- अमेरिकामा २३१ यात्रुसहित उडेको विमान दुर्घटना भएको छ । कोलोराडोस्थित उक्त विमान उडिरहेको अवस्थामा अचानक इन्जिनमा आगो लागेर विमानका टुक्राहरु खसेका थिए ।

बोइङ ७७७ उक्त विमानमा १० जना चालक दलका सदस्य थिए । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन । विमानमा आगो लागेपछि टुक्राहरु जमिनमा खसेका दृश्य विभिन्न मिडियाले समेत सार्वजनिक गरेका छन् ।

यद्यपि विमानका यात्रुहरु सकुशल भएको बताइएको छ । शनिबारको उक्त दुर्घटनाबाट बचाएर पाइलटले डेनबरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सफल रुपमा अवतरण गराएका थिए ।

डेबरदेखि होनोलुलुका लागि उड्ने क्रममा विमानमा आगो लागेको हो । तर कसरी आगो लाग्यो भन्नेबारे यकिन विवरण आइसकेको छैन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार विमानको दायाँ तर्फको भागमा आगो लागेको थियो । आगो लाग्दा लाग्दै पाइलटले सुरक्षित तवरमा विमान अवतरण गराएका हुन् ।