Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

जिन्दगी तिम्रो र मेरो गीत भन्दै आए शिव

Monday, February 15, 2021 National Power

काठमाण्डौ – प्रेम दिबसको अबसरमा निर्देशक दिवाकर भट्टराई निर्देशित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शिव परियार र बानिका प्रधानको स्वर रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत शिव परियार अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । हरिभक्त बुढाथोकीको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत सुन्न सकिन्छ ।

नेपाली सुगम संगीतका लोकप्रिय गायक शिवको यो गीतमा अडियो पक्ष निकै मज्जाको छ । भने नेपाली फिल्मका चर्चित निर्देशक दिवाकर निर्देशित भिडियो पनि हेर्दा मज्जा लाग्छ ।भिडियोमा रिता कट्टेल, इन्जामम अलि खान, जेरी साउद र सुप्रिया खनालको अभिनय रहेको छ । महेश पौडेल डिओपी रहेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो